अपडेट : कपिलवस्तुमा थप ७७ जनामा काेराेना संक्रमर्ण ,संक्रमितकाे संख्या २६५

कपिलवस्तु १७ जेठ यस अघि १८८ संक्रमित रहेको कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित थपिएका छन ।जिल्ला  स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमित संख्या २६५ पुगेको छ ।जस अनुसार महाराजंजमा ३३,यशोधरामा २८ ,कृष्णनगरमा १६ जना सहित थपिएका हुन् । 

शनिबार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन । जस अनुसार महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन ।कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation