शनिबार मात्रै १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय नाग्याे

शनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। यस सगै ‌नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार १३ जना कोरोना जितेर घर फर्केका छन्। यसरी हाल सम्म २ सय ६ जनाले काेराेना जितेर घर पुगेकाे छन् । काेराेनाका कारणले ६ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation