अपडेटः कोरोना हट स्पट कपिलवस्तु, यशोधरामै १ सय जना संक्रमित पुर्ण विवरण सहित


कपिलबस्तु, १७ जेठ
कपिलबस्तुमा २ महिला सहित ३ पालिकामा एकै पटक ७७ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुकाे महाराजग‌जमा ३३, यशाेधरामा २८ र कृष्णनगरमा १६ जना गरी ७७ जनामा काेराेना पुष्टी भएकाे हाे ।
देशको कोरोना हट स्पट पालिकाको रुपमा देखिएको यशोधरा गाउँपालिकाका आज १६ देखी ४८ बर्ष सम्मका पुरुष २६ र २५, १९ बर्षका २ महिला गरि २८ जना हुनुहुन्छ । यशोधरा गाँउपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेका अनुसार आज भेटिएका संक्रमित वडा नं. ४ का ७ जना, वडा नं. ५ का १३ जना र वडा नं. ८ का ८ जना रहेका छन् । भेटिएका संक्रमितको स्वाव सोमबार जेठ १२ गते राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको उहाँले बताउनु भयो ।
यशोधरा गाउँपालिकामा आज २८ जना संगै १ सयजना संक्रमित फेला परिसकेका छन् । यसरी यशोधरामा गाउँ पालिका देशकै हर्ट स्पट पालिकाको रहेको छ । स्वास्थ्य संयोजक दुबेका अनुसार आज फेला परेकाहरु भारतको मुम्बई लगायतको विभिन्न शहरबाट ३ साता अघि आएका हुन ।
यसै गरि आज नै महाराजगंज नगरपालिकाका बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ । महाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारका अनुसार वडा नं. १ का १ जना, वडा नं. २ का १जना , वडा नं. ४ का २जना , वडा नं. ७ का ३जना, वडा नं. ८का १५ जना , वडा नं. ९ का ७जना र वडा नं. १० का ७ जना रहेका छन् । उहाँका अनुसार सोमबार २ सय ६० जनाको स्वाब संकलन गरी राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइकोमा ३३ जनाको रिर्पोट पोजेटिभ आएको छ । तर कतिजनामा ३३ जना पोजेटिभ हाल सम्म जानकारीमा नआएको उहाँले जानकारी दिनु भयो । शनिबार आज भेटिएका संक्रमित भारतको मुम्बई दिल्ली लगायतको शहरबाट ३ साता अघि नै नेपाल आएको उहाँले बताउनु भयो ।
त्यस्तै आज शनिबार कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना भेटिएका छन् । कृष्णनगर नगरपालिका स्वास्थ्य संयोजक अनिल विश्व कर्माका अनुसार भेटिएका संक्रमित वडा नं. ६ का ९, वडा नं. ७ का ३, वडा नं. १० का २ वडा नं. १२ का १ र अर्का एक जनाको ठेगाना खुल्न सकेको छैन् । उहाँका अनुसार आइबार १ सय ६७ जनाको स्वाव संकलन गरि राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएकोमा १६ जनाको रिर्पोट आज पोजेटिभ आएको छ तर १ सय ६७ मा कति जनाको रिर्पोट आएका छ त्यसको भने एकिन विवरण प्राप्त भएको छैन् । उनिहरु पनि ३ साता अघि भारतको विभिन्न शाहरबाट आएका थिए ।
या ेसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनु भएको । जसमा १५ जना निको भएर घर फर्कीसकेको उहाँले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation