कोरोना संक्रमितकाे संख्या १५६७ पुग्याे, संक्रमित आठकाे मृत्यु

१८ जेठ, काठमान्डाै

देशभरिमा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसमेत नेपालमा संक्रमितकाे संख्या १५ सय ६७ पुगेकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये १४ सय ५० पुरुष र एक सय १७ जना महिला रहेकाे बताए ।

उनले शनिबार दैलेखमा निधन भएका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा निधन भएकी २ वर्षीया बालिकाकाे स्वाब परीक्षणमा काेराेना पोजेटिभ देखिएका जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या आठ पुगेको छ । त्यसैगरी पछिल्लो समय  एकजना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या दुई सय २० पुगेको छ । जसमा पुरुष एक सय ७२ पुरुष र ४८ महिला  रहेका छन् ।

काेराेना संक्रमितकाे संख्या सबैभन्दा बढी प्रदेश २ मा देखिएकाे छ । प्रदेश २ मा ६ सय २४ जना संक्रमित पुगेका छन् । त्यसैगरी प्रदेश १ मा एक सय २४, बागमतीमा ४५, गण्डकीमा २३, प्रदेश ५ मा पाँच सय ६०, कर्णालीमा एक सय २३ र सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमित देखिएकाे मन्त्रालयले जनाएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation