बजेटले थप निरास बनायो : राजेन्द्र महतो (भिडियाे सहित)

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ल्याएको बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’को संज्ञा दिएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई मालिक र अरुलाई भिखारी सम्झिने औपनिवेशिक प्रकृतिको बजेट सरकारले ल्याएको टिप्पणी गरे। ‘बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन सकेको छैन,’ उनले भने।

सांसद महतोले बजेटले थप निराश बनाएको भन्दै सत्ताधारीको पक्षपोषण गर्नेगरी बजेट आएको आरोप लगाए। ‘राज्यको चरित्र जस्तो छ, त्यस्तै बजेट आयो,’ उनले भने, ‘राज्यबिहीनहरुलाई अझ सीमान्तकृत गर्ने, अझ कमजोर गर्ने ढंगले बजेट आएको छ।’  

केन्द्रीकृत ढंगले आएको बजेटले संघीयतालाई कमजोर पार्ने काम गरेको महतोको भनाई थियो। ‘संघीय सरकारले आफू दाता बनेर प्रदेशलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको छ,’ उले भने, ‘यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु र दलितलाई दान दिए जस्तोगरी बजेट बनाइएको छ।’

बजेटले थप निरास बनायो : राजेन्द्र महतो

बजेटले थप निरास बनायो : राजेन्द्र महतो

Posted by Ujyaalo Post on Sunday, 31 May 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation