बजेट बुँदा नम्बर १६६ को प्रावधान तत्काल हटाऊ : अनेरास्ववियू कपिलवस्तु

सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी विद्यालयहरूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न जिम्मेवारी दिने बजेटमा उल्लेख प्रावधानले सार्वजनिक शिक्षालाई औपचारिक रूपमै विघटन गर्ने जनाएको छ । 

अनेरास्ववियू कपिलवस्तुले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बजेटको बुँदा नम्बर १६६ मा रहेको यस्तो प्रावधानले संविधानको समाजवादउन्मुख व्यवस्थालाई ठाडै अस्वीकार गरेकाले तत्काल हटाउन माग गरेको छ । ‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न अत्यावश्यक रहेको तथ्यमा दुईमत छैन । तर, त्यसको समाधान निजी विद्यालयलाई सुम्पनु हुँदै होइन । यसो गर्नु भनेको अन्ततः सार्वजनिक शिक्षालाई औपचारिक रूपमा विघटन गर्नु हो,’ कपिलवस्तु संयोजक बाबुराम अर्याल र सहसंयोजक दयाराम पाैडेल जारी  गरेको विज्ञप्तिमा उल्लेख छ । 

    मनोमानी शुल्क नउठाउन निजी विद्यालयलाई चेतावनी 

कोभिड १९ का कारण नेपालका अधिकांश सार्वजनिक÷सामुदायिक विद्यालयहरु क्वारेनटाईनको रुपमा प्रयोग हुदँै आएका छन् । यस्तो परिस्थीतिमा निजि विद्यालयहरुले अनलाईन शिक्षाको नामबाट चर्काे शुल्क अशुलि रहेको, मन खुशि भर्ना लिइरहेको सुचना प्राप्त भएकोले यस्तो कार्यलाई रोक लगाउन कपिलवस्तु प्रशासनको ध्यान आर्कषण गराउदा छौँ । कोभिड १९ ले देश नै लकडाउनमा रहेको बेला र सामुदायिक विद्यालयहरु क्वारेन्टाईनमा परिणत भएको बेला निजि विद्यालयले भर्ना सुचारु गनु खेद जनक छ । साथै मन खुशि शुल्क लिएर र विभेदकारी कार्य नगर्न सम्बन्धित विद्यालयहरुलाई अनेरास्ववियू कपिलवस्तु जोडदार माग गर्दछ ।

अन्तरजातिय विवाहको झल्को दिने पश्चिम रूकुमको घटनामा संलग्नलाइ कार्वाहीको माग

जाजरकोट जिल्लाका नवराज बि.क. र पश्चिम रुकुमकी सुष्मा मल्ल बिचको प्रेम सम्बन्ध र यसबाट सिर्जित अन्तरजातिय विवाह प्रसङ्गमा छुवाछुतको झल्को दिने गरि यहि जेष्ठ १० गते रुकुम चौरहारी–८ मा नवराज वि.क. लगाएत ५ जनाको मृत्यु भएको र बेपत्ता रहेको खबर अत्यन्तै रहस्मय र आपत्ति जनक छ । उत्त घटनालाई निशपक्ष रुपमा छान बिन गरि आगामि दिनमा यस्ता घटना नदोहोरिने गरि दोषिलाई कडा कार्वाही गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछौँ ।

    पिडीत किसानलाइ क्षतिपुर्ति दिई आगामि दिनमा यस्तो कार्य नदोहोयाउन माग

हिजो मात्र कपिलवस्तुको बुद्धभुमि नगरपालिकाबाट अर्घाखाँची जिल्लामा लगिएको तरकारीहरु अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशमा नष्ट गरिएको खबर आपत्ति जनक छ । नेपाली किसानले उत्पादन गरेको तरकारी नष्ट गरिदिदा समग्र किसान जगत अन्यमा पर्दछन् भन्ने कुरा हेक्का राख्नु पर्दछ । तसर्थ पिडितलाई तत्काल क्षतिपुर्ति दिई आगामि दिनमा यस्तो कार्य नदोहोयाउन सम्बन्धित सबैमा अग्रह गर्दछौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation