औषधि खाने पैसा नहुँदा क्‍वारेन्टाइनमा महिलाको ज्यान गयो

बैतडी : बैतडीमा क्‍वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेकी टनाकै २२ वर्षीय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो। मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए । लुहारको अवस्था सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको उनले बताए।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किएका थिए । मृतक लुहार, उनका श्रीमान र १८ महिने बच्चा जेठ १८ गतेदेखि क्‍वारेन्टाइनमा बसिरहेका थिए। मृतक भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन नगरेको उनका श्रीमान हरिश लुहारले बताए। मृतकको लुहारको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने ‘मृतक मुटुरोगी भन्ने बुझिएको छ। क्‍वारेन्टाइनमा बसेका हुनाले उनको स्वाब संकलनको तयारी गरेका हौं। परीक्षणका लागि धनगढी पठाउनेछौं।’

अन्पुर्ण पाेष्ट बाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation