तौलिहवामा कोरोना विशेष अस्पतालको माग गर्दै प्रदर्शन (भिडियाे सहित)

आभाष पौडेल, तौलिहवा
तौहिलवामा कोरोना विशेष अस्पतालको निमार्णको माग गर्दै कपिलवस्तु जिल्ला अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।
जिल्लाका अगुवा नेता तथा संसदहरुले कपिलवस्तु अस्पतालला नै तत्काललाई कोरोना बिशेष अस्पताल बनाउनको लागि केन्द्रबाट पहल गरेता सरोकारवालाहरुले चासो नदेखिाएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय कपिलवस्तु जिल्ला कोरोनाको केन्द्र बिन्दु बन्दै गईहरेको बेला जिल्लाका उच्च स्तरिय नेताहरुले स्वास्थ्य मन्त्रालयसंग पहल गरि जिल्ला सदरमुकाम तौलिहवाको अस्पतालाई ५० सैयाको कोरोना बिशेष अस्पताल बनाउन आवश्यक जन शक्ति र सामाग्रीहरुको व्यवस्थापनको लागि पहल गरेता पनि अस्पताल प्रशासन र सरोकारवालाले चासो नदेखाए पछी बाध्य भएर लकडाउनको बाबजुत पनि धर्ना र प्रदर्शन गर्नु परेको तौलिहवा चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी शर्माले बताउनुभयो ।
कोरोनाको संक्रमण सदै भरी रहला वा नरहला त्यो भन्न सकिदैन तर अस्पताल भित्र ठूलो क्षेत्र रहेकोले जर्नलवार्डलाई समस्या नपर्ने गरि कपिलवस्तु अस्पताल भित्रै कोरोना बिशेष अस्पताल बनाउन सकिन्छ तर त्यसकोलागि अस्पताल प्रशासनले चासो देखाउनु पर्ने शर्माले बताउनु भयो । यस अवस्थामा
संक्रमणको भयवह स्थिती देखिन थाल्दा पनि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र तौलिहवा अस्पताल प्रशासनले कपिलबस्तुलाई दुई आखाँले हरेको भन्दै दबाब स्वरुप धर्नामा बसेको उद्योगी समेत रहनुभएका दिनेश हमालले बताउनु भयो । तत्काल अस्पतालमा कोभिड(१९ का संक्रमितलाई उपचार गराउने वातावरण मिलाउन उहाँले माग गर्नुभयो ।
निमार्ण व्यवसायी शुनिल कौशलले जिल्लाको कोरोनाको संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा सदरमुकाम तौहिलवामा कोरोना बिशेष अस्पताल आवश्यक परेको बताउनु भयो ।
स्थानिय युवा सोयब अली कपिलवस्तु अस्पताललाई नै कोरोना बिषेश अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो । तौलिहवामा कोरोना बिषेश अस्पताल भयो भने यसको प्रत्यक्ष फाइदा जिल्लाबासीलाई हुने उहाँको विश्वास छ ।
कपिलवस्तु अस्पतालको स्तरउन्नती र भेन्टीलेटर सहितको अस्पताल बनाउनको लागि पनि यति बेला कपिलवस्तु अस्पताल प्रशासन भित्रै रहने ताैलिहवामा कोरोना बिशेष अस्पताल संचालन गर्न गर्नु पर्ने मानव अधिकार कर्मी रविन्द्रनाथ ठाकुर बताउनु हुन्छ । त्यसको लागि पुरोना भवन, तालिम केन्द्रको भवन, अस्थाई रुपमा निमार्ण गरिएका भवन, अस्थाई भवन बनाएर प्रयोग गर्न सकिने त्याे पनि सम्भव नदेखिए बुद्यमद्म उच्च मावि वा बहुमुखी क्याम्पसलाइ समेत प्रयाेग गर्न सकिने ठाकुरकाे तर्क छ ।

कपिलवस्तु अस्पतालाइ काेराेना अस्पताल बनाउन माग गर्दै प्रद्धर्शनपेज : https://facebook.com/officialujyaalopostन्युज : https://ujyaalopost.com

Posted by Ujyaalo Post on Monday, 1 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation