एकै दिन २८८ संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो,

काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 
सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । 
यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation