वुहानमा १९ दिनमा झन्डै एक करोडको कोरोना जाँच, कसैलाई देखिएन संक्रमण

चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ।

तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९ हजार ८ सय २८ जनाको न्युक्लेइक एसिड परीक्षण गरिको जानकारी दिए।

उनका अनुसार परीक्षण गरिएकामध्ये कसैमा पनि कोरोनाभाइरसको संक्रमण देखिएन। तर  तीन सय जना लक्षण नभएकाहरू भने फेला परेका थिए। उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ।  उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको संख्या १ हजार १ सय ७४ छ तर उनीहरूमध्ये कसैलाई पनि संक्रमण देखिएको छैन।    

पहिला कोरोना परीक्षण नगरेकाहरूको जाँच गर्न मे १४ मा स्थानीय सरकारले न्युक्लेइक एसिड टेस्ट थालेको थियो। अधिकारीहरूले वुहानमा विद्यालय, व्यापार र उद्योग खोल्न सुरक्षित छ भन्ने सन्देश दिनका लागि यो परीक्षण गरिएको बताएका छन्।

सहरको स्वास्थ्य आयोगका अनुसार सबै परीक्षण नि:शुल्क गरिएको थियो।

सेताेपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation