कपिलवस्तुमा लकडानको स्वरुप परिवर्तन, के के गर्न सकिन्छ लकडाउन अवधिमा

बसन्त बन्जाडे- तौलिहवा
पछिल्लो कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछी गत बैषाख २९ गतेबाट कपिलवस्तु जिल्ला पुर्ण रुपमा सिल गरिएको तर भिडभाड बढ्दै जान थाले पछी प्रशासन कार्यालयको जिल्ला सिल र लकडाउनको मोडालिटीहरुमा परिवर्तन गर्दै आएको थियो ।
यसै क्रममा आज मंगलवार जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले पुनः लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन र जिल्ला सिलको सम्बन्धमा बिभिन्न प्रकारका निर्णयहरु मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना


प्रशासन कार्यलयबाट जारी सूचनामा भनिएको छ जिल्लामा संचालन भइरहेको बैंक तथा वित्तिय संस्थाहरु हप्तामा ६ दिन खुल्ला रहने छन् तर जोरबार (सोमबार, बुधबार र शुक्रबार) जोर खाता नं. र विजोरबार (आइतबार, मंगलबार र विहिबार) विजोर खाता नं. को मात्र कारोबार गर्न सकिने छन् । अति आवश्यकिय सामानहरु र निर्माण सामाग्री खरिद गर्नको लागि प्रत्येक दिन विहान ११ बजे देखि दिउसो २ बजे सम्मको लागि तोकिएको छ । सूचनामा उल्लेख छ ।
त्यस्तै नदिजन्य पदार्थको पुर्व वत रुपमा संकलन तथा ढुवानी गर्ने र निर्माण सम्बन्धि उद्योगहरु (ईट्टा, सिमेण्ट, छड तथा प्लाइउड तथा फर्निचार उद्योग), विद्युतिय सामाग्री उत्पादन गर्ने उद्योग र खाद्य सामाग्री उत्पादन गर्ने उद्योगहरु, राष्ट्रिय गौरवको आयोजनाहरु र प्राथमिकता प्राप्त आयोजनाहरु तोकिएको शर्त अधिनमा रहि जिल्ला प्रशासन कार्यालयको अनुमति लिई संचालन गर्न सकिने प्रशासकिय अधिकृत मनोज कुमार शैनिले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation