बाँके दुर्घटना: सुरक्षा सामग्री अभावले मृत्यु भएकाको सनाखतमा ढिलाई

बुटवल । सुरक्षा साम्रगीको अभावले गत राती बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका हरुको सनाखत हुन सकेको छ्रैन् । भारतबाट फर्किएका मानिसहरु सवार भएको उक्त गाडीमा कोरोना संक्रमणको उच्च जोखिम रहेको र सुरक्षा साम्रगी अभावले सनाखत हुन बाँकी रहेको बाँके प्रहरी प्रमुख विरबहादुर वलीले बताए ।

‘उनिहरु भारतको विभिन्न ठाउँबाट आएकाले कोरोनाको संक्रमण पनि हुनसक्ने भएकाले परिचयका लागि सुरक्षा सर्तकताविना खानतलासीमा समस्या भएको र टिकट काट्ने सिस्टम नभएकाले पनि समस्या भएको छ ,’ प्रहरी प्रमुख वलीले भने-‘ सनाखतका लागि प्रयास गरिरहेका छौं ।’ भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङतर्फ आइरहेको हाइस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा दुर्घटना भएको थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने अन्य २१ जना घाइते छन् । फोर्सगाडी नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको थियो ।

घाइते हुनेहरुमा दाङको धर्ना- ४ निवासी ४५ वर्षका मेघराज केसी, रोल्पाको त्रिवेणी गाउँपालिका-७ तिला निवासी १७ वर्षका सुनिल परियार, सोही ठाउँका २० बर्षका वीरेन्द्र परियार, १८ वर्षका पुरन परियार, तुलसीपुर-२ खैरीपुर निवासी ३९ वर्षका विष्णु गिरी, सोही ठाउँका २३ बर्षका रुपलाल केसी, सल्यानको सारदा नगरपालिका-६ कजेरी निवासी २६ वर्षकी टिका चलाउने, राजपुर गाउँपालिका-६ निवासी २० वर्षका दिपेश चौधरी, रोल्पाको कुरेली निवासी ५२ वर्षका नरबहादुर विक, दाङको राजपुर गाउँपालिका-२ निवासी २१ बर्षका जीवन घर्ती, रोल्पाको मुरु- ८ निवासी ४० बर्षका दिलबहादुर विक, सल्यानको कुपिन्डे गाउँपालिका- ६ निवासी २० वर्षका मिनराज विक, सिद्धकुमाख गाउँपालिका- ५ निवासी ४० वर्षका तेजबहादुर बुढाथोकी, छापडाँडा निबासी १८ वर्षका घनबहादुर बोहरा, सिद्धकुमाख- ४ चाँदे निबासी २८ बर्षका लोकेश घर्ती, सोही ठाउँका २६ बर्षका शिव भण्डारी, वर्ष १८ का देवेन्द्र खड्का, सोही ठाउँको बर्ष १७ को ज्ञानबहादुुर बोहोरा, २६ बर्षका निमबहादुर वली, कुपेन्डे गाउँपालिका-६ निवासी ५२ बर्षका दिपबहादुर बुढा र दाङको गढवा गाउँपालिका-६ मानपुर निवासी २० वर्षका भरत थापा रहेका छन् ।

साभार ग्लाेबल अावाज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation