कपिलवस्तुको हरनामपुरमा एक जनाको हत्या

कपिलवस्तु, २० जेठ । कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक जनाको कुटपीटबाट हत्या गरिएको छ । स्थानीय ५० वर्षीय श्याम नारायण तिवारीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । मृतक तिवारीको बांया आंखा किनारमा चोट छ । यसै गरी घांटी निर काटिएको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटना स्थलमा पुगेको छ । मृतक तिवारीको शवलाई घटना स्थलमै शील गरी प्रहरी नियन्त्रणमा राखिएको छ । आपसी लेनदेनका विषयमा झगडा हुंदा घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation