आइसुलेसन व्यवस्थित नभएकाे भन्दै क्वारेन्टाइन फर्किए संक्रमित

ताैलिहवा- कोरोना संक्रमितलाई राख्न बनाईको आइसोलेसन सेन्टर भन्दा पुर्ववत बिद्यालयकै क्वारेन्टाईन ठिक भन्दै शुद्धोधन गाँउपालिकामा भेटिएका संक्रमित आफु खुसी फर्किएका छन ।बुधबार जिल्लाको शुद्धोधन गाँउपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित सबै शुद्धोधन गाँउपालिका ६ का थिए । सो वडाको गौराका मात्रै १९ जनामा संक्रमण पुष्टी भएको थियो भने अरु संक्रमित महादेव र बेलभरिया गाँउका थिए ।संक्रमण देखिएका व्यक्ति वडा नम्बर ६ को गौरा स्थित आधारभुत बिद्यालय गौराको क्वारेन्टाईनका हुन् । उनीहरुलाई संक्रमण देखिएपछि एम्बुलेन्समा राखेर शुद्धोधन गाँउपालिकाको लबनीमा रहेको अल शेख हस्पिटलमा निर्मित आइसोलेसनन सेन्टरमा लगिएको थियो । १५ शैया क्षमताको सो आइसोलेसनमा यस अघि संक्रमण देखिएका मध्य १ जना थिए । थपिएका २८ जना पछि संक्रमितको संख्या २९ पुगेको थियो ।सेन्टर व्यवस्थित नभएपछि आफुहरु पुनः गौरोकै क्वारेन्टाईनमा बस्ने गरि त्यहाँबाट हिडेको एक संक्रमितले बताए । क्वारेन्टाईनबाट आफुहरुलाई आइसोलेसन भनेर लगिए पनि सुत्नका लागी बाहिर टिनको बरण्डामा टेन्टका खाट ओछ्याईएको, पंखा नभएको तथा सफा शौचालयको सुबिधा नभएको संक्रमितको गुनासो छ ।मासिक ३० हजार रुपैया भाडामा लिई अल शेख नामक निजी अस्पतालमा १५ शैयाको आइसोलेसन तयार पारेको गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक असफाक अहमद खाँले जानकारी दिए । “संक्रमितलाई राख्न १५ शैयाको आइसोलेसन बनाएका थियौ । आईशोलेशनको क्षमता बढि संक्रमित फेला परे पछि तत्कालै पालिकाबाट २५ बेड किनेर बस्ने व्यवस्था मिलायौं । तर कसैको उक्साहटमा क्वारेन्टाईनमै फर्कन्छौ भन्दै संक्रमण भेटिएका व्यक्ति हिडेछन ।” उनले भने । आइसोलेसनमा संक्रमितका लागि खानाको व्यवस्था भैसक्दा उनीहरु बिभिन्न बाहाना झिक्दै फर्किएको उनले गुनासो गरे । “ २९ जना संक्रमितलाई खाना तयार भै सकेको छ । मैले उनीहरुलाई कहाँबाट समातेर ल्याउ ? ” उनले भने । यता घटना बारे जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय पकडीको टोली संक्रमितको खोजीमा लागेको थियो । लबनी स्थित आईशोलेशन सेन्टरबाट हिडेका उनीहरुलाई प्रहरीले बाटैको टिटिहिरीया भन्ने स्थानमा समुहमै रहेका बेला फेला पारेको थियो ।आइसोलेसनमा बस्न नमानेर पुनः गौरा स्थित क्वारेन्टाईनमा फर्किएका १९ जनालाई आधारभुत बिद्यालय गौरामा लगी छुट्टै भवनमा राखिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिए । सरकारले तोकेको मापदण्ड अनुरुपको आइसोलेसन सञ्चालन गर्ने, संक्रमण देखिएकालाई संक्रमण फैलन नपाउने बातावरण बनाउने र अरुमा संक्रमण हुन नदिन व्यवस्था गर्न पालिकाले भुमिका खेल्नु पर्ने अधिकारकर्मी शैलेन्द्र अम्बेडकर बताउछन । आइसोलेसन सेन्टर संक्रमितको मनोबल बृद्धि हुने स्थान चयन गरि सुरक्षित स्थानमा राख्नु पर्नेमा गाँउपालिका जिम्मेबार नबनी दायित्वबाट पछि हट्दा समस्या आएको उनले बताए । संक्रमितलाई सहि व्यवस्थापन नगरेका कारण हुन सक्ने संभावित जोखिमको जिम्मेबारी पालिकाले लिनु पर्ने उनको तर्क छ ।साभार बुटवल टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation