प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिव र ५ मर्यादा पालकमा कोरोना संक्रमण

२२ जेठ, जनकपुरधाम। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिनु भएकाे छ।आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताउनु भयाे । निजलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाले जानकारी दिनु भयाे । प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका प्रजिअ निरौलाले जानकारी दिनु भयाे छ भने साथै संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिनु भयाे । उनिहरु प्रदेश २ को प्रदेशसभाले उनीहरु मर्यादापालक भएको बताएको छ । मर्यादापालकमा काेराेना पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । प्रदेश सभाको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । त्यस क्रममा प्रदेशसभा उनीहरुको ‍स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation