शितगंगाका एक जनामा कोरोना देखिएसँगै अर्घाखाँचीमा कोरोना संक्रमित ४ जना पुगे

अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमा एकजनाको मृत्यु भईसकेको छ । शितगंगा नगरपालिकाको एक जनामा कोरोना देखिएसँगै तिन जनामा कोरोना देखिएको हो ।शितगंगा नगरपालिकाको वडा नं. ५ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । उनी भारतबाट आएका हुन । २१ दिन क्वारेन्टाईनमा बसेपछि उनको  पिसीआर जाचँ गरिएको थियो ।वर्ष ३६ कोरोना संक्रमित युवा रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताउँनुभयो । संक्रमित युवालाई उपचारका लागी सन्धिखर्क हटारीको आईशोलेसनमा ल्याउँने तयारी भएको र बेलुकासम्म ल्याईनेछ ।यसअघि अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्क स्थित हटारीको आईशोलेसनमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।यसअघि कोरोना देखिएका अर्घाखाँचीको भुमिकास्थानका एक युवाको भारतबाट आउँदै गर्दा मृत्यु भएको थियो ।उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । योसँगै अर्घाखाँचीमा ४ जना संक्रमित मध्ये ३ जना उपचाररत र १ जनाको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation