कोरोनाबाट १० जनाको मृत्यु, २९० जना निको भए

कपिलवस्तु- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको तानसेनमा रहेको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेका व्यक्तिको रिर्पोटमा कोरोना देखिएपछि मृत्यु हुनेको संख्या १० पुगेको हो । उनि पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ बर्षिय एक पुरुष हुन् ।प्रदेश स्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले उनको रिर्पोट पोजेटिभ आएको जानकारी दिए । भारतको बम्बईबाट सुनौली आइपुगेका उनलाई आईतवार गाउँपालिकाले उद्दार गरी ल्याएकोे थियो ।क्वारेन्टाइनमा रहेका उनमा स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले सोमबार मिसन अस्पतालको आइसोलेशनमा उपचारका लागि पठाएको थियो । उनमा कोरोनासंग मिल्ने लक्षण भने देखिएको थियो । उनिमा ज्वरो, खोकी, दम र पेट फुलेको अवस्थाका रहेको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकाले बताए । उनको स्वाब मिसन अस्पतालबाट सोमबार लिइएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४१३४ जनाको स्वाब परिक्षण गरिएकोमा संक्रमितको संख्या २६३४ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation