८ महिने बालक सहित थप ४४ जनामा काेराेना, संक्रमितकाे ४ सय ७५

कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रवार दिउसो महाराजगन्ज नगरपालिकामा १५ पुरुष र यशोधरा गाउँपालिकामा २९ पुरुषमा कोरोना संक्रमण देखिएको बताइएको छ । यशोधरा गाउँपालिकामा ८ महिनाको बालकमा पनि कोरोना संक्रमण भएको फोकल पर्सन कुमार थापाले बताउनु भयो ।जिल्लामा कुल ४७५ जनामा कोरोना संक्रमण देखिएको छ । देशको सबै भन्दा बढी संक्रमण भएको जिल्ला कपिलवस्तु हो । यशोधरा गाउँपालिकामा १३५ जनामा कोरोना संक्रमण भएको छ । यो थप भए सँगै यशोधरा नेपालको सबै भन्दा बढी संक्रमण भएको स्थानीय तह वनेको छ । यसै गरी महाराजगन्ज नगरपालिकामा ६५ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना , शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका २९ जना, बुद्धभुमी नगरपालिका २५ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा १६ जनामा संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये ३२ जना महिला रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation