झापामा प्रहरीकै मिलेमतोमा तस्करी

स्थानीय प्रहरीको मिलेमतोमा झापाका विभिन्न नाकाबाट तस्करी मौलाएको छ । नेपाल भारत सीमा नाका बन्द भएपनि भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगंन्धा नेपाल छिर्नु भनेको प्रहरी र कारोबारीबिचको मिलोमतोमा तस्करी भइरहेको हो । भद्रपुरको मेची पुल, घोडामारा, गणेश मन्दिर, देवीवस्ती, मसानघाट, चाचा बगान, डाँगीबारी , मेचीपारि , हल्दीबारीको राजगढ ,जलथल लगायतको क्षेत्रबाट तस्करी मौलाएको स्थानीयवासीको दाबी छ । सो क्षेत्रका प्रहरीलाइ खुसी पारेर सामान नेपाली बजारमा भित्रइरहेका छन् ।वडा प्रहरी कार्यालय भद्रपुरको प्रत्यक्ष निगरानीमा रहेका भद्रपुर क्षेत्रका केही नाकाबाट भित्रिएको सामान जिल्ला प्रहरीको टोलीले दुइदिन अघि बरामद गरेपछि स्थानीय प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि भएको हो । नाकामा डियुटीमा खटिएका सशस्त्र र जनपथ प्रहरीकै सेटिङमा सामान भद्रपुर बजार आएको पाइएको छ ।नेपाली बजारमा सुर्ती अभाव भएपछि कारोबारी समूहले अहिले अन्य धन्दा छाडेर सुर्तीजन्य पदार्थ र रजनीगन्धा प्रहरीकै सेटिङमै धमाधम भित्राइरहेका छन् ।स्थानीय प्रहरीको मिलोमतोमा तस्करी भइरहेको गुनासो आएपछि प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले सुर्तीजन्य पदार्थ र रजनीगंन्धाको कारोबार गर्ने व्यक्तिको एक हप्ता यता देखि खोजी शुरु गरेका थिए । केहिदिनको सुराकपछि प्रहरीले बिहीबार ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ, रजनीगंन्धासहित लत्ताकपडा बरामद गर्न सफल भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।विशेष सुराकीको आधारमा प्रहरीले गोदाममा छापा मार्दा बिलबिजक नभएको ठुलो परिमाणको लत्ताकपडा भद्रपुर ६ को गोदामबाट रजनीगन्धा, तुलसीसहित २१ बट्टा र ६ रोल थान कपडा र भद्रपुर ५ स्थित बसपार्क नजिकैको गोदामबाट पाँच पोका कपडा बरामद गरेको थियो ।बरामद गरिएका रजनीगन्धा र तुलसी ३९ हजार ६९० रुपैयाँ र विभिन्न किसिमका कपडा ३ लाख ८७ हजार ६ सय मूल्य तोकेर कारोबारी असोक सहनीलाई समेत भद्रपुर भन्सार कार्यालय बुझाएको छ । त्यसैगरी जलथलबाट एकथान मोटरसाइकल सहित वावा खैनी समेत इलाका प्रहरी कार्यालय सुरुङ्गाले बरामद गरिसकेको छ ।प्रहरीले कारोबारी सहनीसहित ४ लाख २७ हजार मूल्य तोकेर सामान बुझाएको भद्रपुर भन्सारका कर्मचारी विकास दाहालले जानकारी दिनुभयो ।यता भन्सारले सामानको विषयमा सहनीमाथि छानबिन सुरु गरेको छ । सहनीमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको कर्मचारी दाहालले बताउँनुभयो । प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगंन्धाको एउटा मुद्दा र अवैध कपडाको अर्को मुद्दा दर्ता गराई अनुसन्धान भइरहेको छ ।

नेपाल समचार पत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation