कपिलवस्तुमा आज ४ जनामा कोरोना पुष्टि, जिल्लामा कुल ४७९ संक्रमित

कपिलवस्तुमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्धभुमी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।वडा नम्बर ५ का १९ र २९ वर्षका र वडा नम्बर ६ का २३ र ३६ वर्षका पुरुषमा संक्रमण देखिएको हो। याेसगै कपिलवस्तुमा संक्रमितको संख्या ४७९ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जनाए।त्यसमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation