गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, कूल संख्या ७५ पुग्यो

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ती जारी गरि यसको पुष्टि गरेको हो । आज थपिएका नयाँ संक्रमित मध्ये स्याङ्जामा १०, कास्कीमा ३, पूर्वीनवलपरासीमा ३ र बागलुङमा १ जना रहेका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाए अनुसारगण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation