१० दिनअघि भारतबाट आएका ६५ वर्षीय पुरुषको क्वारेन्टिनमा मृत्यु

बाजुरा । क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु शुक्रबार राति भएको छ । भारतबाट जेठ १५ गते आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार साँझदेखि खाना नखाएको र राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका–७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन् । उनी गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बसेका थिए । मृतकको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation