२४ जेठ, बुटवल । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी ले बताएका छन । उनीमाथि थप अनुसन्धान गरिने भुसालले बताए ।