पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए ।उनले कोरोना भाइरसको संक्रमण देखिएकामा २८६ जना पुरुष र ३७ जना महिला रहेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३२ जना घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या ३६५ जना पुगेकाे बताए ।हालसम्म कोरोना भाइरसको आंशकामा पीसीआर विधिबाट ९२ हजार ४७७ वटा नमुना संकलन गरेर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १११ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ । हाल सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३८ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation