काठमाडौँ उपत्यकाका पाँचसहित नयाँ संक्रमित कुन जिल्लाका कति?

नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६ जना मध्ये २ जना मोरंग र चार जना सुनसरीका हुन् ।यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने १ जना सप्तरी जिल्लाका हुन् । चितवनको भरतपुर अस्प्तालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ३ जना नवलपरासी जिल्लाका हुन् ।यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा संक्रमण पुष्टि भएको छ । पोखराको प्रयोगशालामा गरिएको परीक्षण्मा संक्रमण पुष्टि हुने १४ जना मध्ये कास्कीका ३ जना, स्याङ्जाका १० जना र बागलुङका एक जना रहेका छन् ।धरानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८ जना मध्ये एक जना सुनसरी र ७ जना सप्तरीका हुन् । सेती प्रादेशिक अस्पताल धनगढीमा संक्रमण पुष्टि हुने १३ जना मध्ये बझाङका ६ जना रहेका छन् । यस्तै कञ्चनपुर १, काठमाडौँ घर भई हाल कञ्चनपुरमै रहेका काठमाडौँका २, अछामका १, कैलालीका २ र डडेल्धुराका १ जना रहेका छन् ।यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ४४ जना मध्ये ४३ जना दैलेखका हुन् भने एक जना डोल्पाका हुन् । सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने ५७ जना मध्ये चारजना दैलेखका, १० जना सुर्खेतका, ३८ जना सल्यानका र ४ जना जाजरकोटका छन् ।रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने १७ जना मध्ये ११ जना कपिलवस्तुका छन् । यस्तै अर्घाखाँचीका १, रुपन्देहीका ३ र नवलपरासीका २ जना रहेका छन् । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ३९ जना कपिलवस्तुका र ३५ जना महोत्तरीका छन् ।यस्तै भक्तपुरका १, धनुषाका ८, काठमाडौँका ४, रौतहट ६ र सर्लाहीका २७ जनालाई पनि संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् । पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation