प्रदेश र संघले नहेरे पछी क्वारेन्टाईनलाई नै आईसुलेसन बनाउदै पालिका, संक्रमितलाई घर बाटै आउछ खाना

ताैलिहवा, बसन्त बन्जाडे – कपिलवस्तु जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या बढदै जान थाले पछी क्वारेन्टाईन्हरुनै आईसुलेसनको रुपमा प्रयोग हुन थालेका छन्
कोरोनाको महामारी सुरु हुंदा देखी नै जिल्लामा क्वारेन्टाईन र आईसुलेसन बनाउने भन्दै जिल्ला स्तरमा दर्जनौ मिटिगं भएर जस्का सयौ समाचारहरु पनि आए तर क्वारेन्टाईनलाई क्वारेन्टाईन भन्नेकी काञ्जे हाउस भन्नेमा दुई मत देखिएन । धेरै पालिकाका क्वारेन्टाईनहरुमा मानिसहरुलाई भेडा बाख्रा जस्तै राखिएको थियो । यहाँ सम्मकी मच्छड मार्ने धुम अथवा झुल माग्दा कपिलवस्तु नगरपालिकाका नगर प्रमुखले क्वारेन्टाईनमा बसेकालाई ससुराली आएको हौ र भनदै उल्टै थर्काएको समेत पाईयो ।चेक जाँच बढ्दै जादा अहिले जिल्लामा बिस्तारै क्वारेन्टाईनमा बस्नेहरु संख्या पनि घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको पछिल्लो तथ्याकं अनुसार २ हजार ३सय १८ जना नागरिकहरु कपिलवस्तु जिल्लाको बिभिन्न क्वारेन्टाईन्हरुमा रहेका छन् ।अहिले कपिलवस्तु जिल्ला नेपालमै कोरोना संक्रमितहरु सबै भन्दा धेरै संक्रमित भएको जिल्ला हो । कपिलवस्तुमा ५२३ जना संक्रमितहरु रहेका छन् । भारतबाट आएका नागरिकहरु छन्। थाहा खवरका संवादाता जानु पाण्डेको अध्ययन अनुसार कपिलवस्तुमा संक्रमित देखिएका मध्ये ९६ प्रतिशत क्वारेनटाईनमा रहेका जो भारतबाट आएका त्यसमा पनि मुम्बई बाट आएका धेरै छन् ।कोरोना संक्रमण पुष्टि भई सकेका नागरिकहरुलाई छुट्टै आईसुलेसनमा राख्नु पर्ने हुन्छ । जहाँ उनिहरुलाई पोषिलो खानेकुरा, तातो पानी, कागती पानी, अदुवा, लसुन, गुर्जो, बेसार जस्ता आयुवेर्दिक जडीबुटीहरुको मिसाएर झोल पकाएर खान पाएमा छिटो निको हुने चिकित्सक हरुले बताउछन् । जस्ले शरिरमा रोघसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । तर कपिलवस्तु जिल्लाका बिशेष गरेर दक्षिणी क्षेत्रमा आईसुलेसनमा बसेकाहरुलाई झोलिलो कुरा त परै जावस दुई छाक खाना पनि जनतन नसिब भएको छ ।कपिलवस्तु जिल्लामा जिल्लामा क्वारेन्टाईन र आईसुलेसन केन्द्रहरु बनाउन प्रदेशका मन्त्रीहरु समेत आएर जिल्लामा बैठक बसे तर उपलब्धी भने खासै देखिएको छैन् । जिल्ला सदरमुकाम तौलिहवामा आईसुलेसन बनेता पनि अन्य पालिकाका ल्याएर राख्ने वातावरण बनेको छैन् ।जव परि राती तव बुढी ताति भने जस्तै कोरोना संक्रमितहरु बढ्न थाले पछि प्रदेश र जिल्लाले आखाँ चिम्म पारे पछी पालिहरुले हाल क्वारेन्टाईनको रुपमा प्रयोग गरेका बिद्यालयहरुलाई आईसुलेसनको रुपमा घोषणा गरेका छन् । तर ती आईसुलेसनमा मापदण्ड अनुसार छन की छैनन् भन्ने कसैले चेक जाँच भने गरेको छैन् । कोरोना संक्रमितको संख्या बढ्दै गए पछि जिल्लामा अब्बल व्यवस्थित मानिएको बाणगंगा नगरपालिकाले कोरोना संक्रमितहरुको संख्या १० नपुग्दै व्यवस्थापन गर्न नसकेर संक्रमितहरु ३ दिन सम्म घरमै बसेका थिए । महाराजगंज नगरपालिकामा ४ जना बालबालिकासहित ८ जना कोरोना संक्रमण पुष्टि भएको तिन दिन सम्म क्वारेन्टाईन बस्न बाध्य भए । पछि आईसुलेसन सेन्टर भनेर संक्रमितहरुलाई मात्रै छुट्टै राख्नको लागि जानकी मावि महाराजगंजलाई तैयार पारियो जहाँ अहिले महाराजगंजमा संक्रमण पुष्टि भएका ५२ जना रहेका छन्। जहाँ कोठाको आकार अनुसार ४ देखी ६ जनालाई एउटा कोठामा राखिएको छ । सुरुवाती दिनमा कोरोना संक्रमण पुष्टि भएकाहरुले घरबाटै ल्याएर खाना खाने व्यवस्था रहेता पनि हाल भने पालिकाले नै व्यवस्थापन गरेको छ ।देशमै सबै भन्दा धेरै कोरोना संक्रमितहरु पालिका यशोधरा गाउँपालिकाको अवस्था भने कन्त बिजोक अवस्थामा छैन् । यशोधरामा हाल सम्म १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस् मध्ये १२३ जना पालिकामै रहेका छन् । पालिकाले सुरुवाती दिनमा क्वारेन्टाईनको रुपमा प्रयोग गरेको अनिरुद्ध पब्लिक माविलाई हाल आईसुलेसनको रुपमा प्रयोग गरेको छ । जहाँ ८८ जना संक्रमितहरुलाई राखिएको छ । यसै गरि बासुदेव उच्च मावि रंगपुर ३२ जना राखिएको छ । एक जना महिला र १ जना आमा छोरो गरि ३ जना होम आईसुलेसन रुपमा रहेका छन् ।
यस्तै शुद्धोधन गाउँपालिका हाल सम्म पिसिआर परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएका २९ जना मध्ये २० जना नवदुर्गा आधाभूत गौरा, ६ जना बेल भरिया आधारभूत र ३ जना महादेवा आधारभूतमा रहेका छन् । उनिहरुलाई पालिकाले सम्झौता गरि भाडामा प्रयोग गरेर तैयार पारेको अल शेख अस्पताल लवनीको आईसुलेसन केन्द्रमा बस्नको लगिएता त्यहा बस्न नमाने पछी हाल बिद्यालयको क्वारेन्टाईनमै रहेका छन् ।कोरोना संक्रमण पुष्टि भए पछि पालिकाले सम्झौता गरि खाना खुवाईरहेका व्यवसायी खाना खुवाउन छोडे पछि उनिहरुलाई घर परिवारले नै बिद्यालयमा खाना पुराउनउ गरेका छन् । जस्का लागि पालिकाले प्रति व्याक्ति रकम रु ३०० उपलब्ध गराएको एक संक्रमितका परिवारले बताएका छन् । उनि भन्छन् घर बाटै खाना लिएर जाने हो बिहान साँझ पुराई दिन्छौ ।उता कृष्णनगर नगरापालिकामा सुरुवाती चरणमा कोरोना पुष्टि भएका प्रहरी र कर्मचारीहरुलाई तौहिलवा स्थित होटल तिलौराकोट क्योफेको आईसुलेसन र केही दागं पठाएको थियो । तर संक्रमण बढ्दै जान थाले पछि आयशा गल्स कलेजमा ५० बेडको आईसुलेसन केन्द्र स्थापना गरेको छ । सुरुवाती चरणमा क्वारेन्टाईन बेवस्थापनमा पनि प्रदेश सरकार र संघीय सरकारले कुनै सहयोग नगरेकोले आफुहरुले ठूलो समस्या बेह्रोन परेको स्थानिय तहका जन प्रतिनिधीहरुको गुनोसो रहेको छ । हाल कोरोना संक्रमितहरुको संख्या बढ्न थाले पछि आईसुलेसनमा पनि उनिहरुको चासो नरहेको स्थानिय तहका जनप्रतिनिधीहरुको बताउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation