स्थानीयको चर्को विरोधपछि निको नहुँदै डिस्चार्ज गरिएका कोरोना संक्रमितलाई पुनः आइसाेलेसनमा राख्ने तयारी

नेपालगञ्ज – दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट निको नहुँदै डिस्चार्ज गरिएका बाँकेको नरैनापुरका तीन जना कोरोना संक्रमितलाई पुनः आइसाेलेसनमा राख्ने तयारी गरिएको छ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बेलझुण्डीले पोजिटिभलाई घर पठाइदिँदा स्थानीयबाट चर्को विरोध आएकाले उनीहरुलाई नेपालगञ्जमा ल्याएर आइसोलेसनमा राख्न लागेको जानकारी दिए।‘पछिल्लो रिपोर्ट पोजिटिभ देखिँदा देखिँदै उनीहरुलाई घरमा पठाइदिनु हुँदैनथ्यो, पठाइदिएछन्। हामीले उनीहरुलाई नेपालगञ्जमा ल्याएर आइसोलेसनमा राख्न थालेका छौँ’, प्रजिअ कुरुम्बाङले भने, ‘पोजिटिभलाई घर पठाउँदा स्थानीयवासीबाट चर्को विरोध भएको छ।’आइतबार बेलझुण्डीबाट बाँकेका पाँच जना डिस्चार्ज हुँदा तीन जना पोजिटिभ थिए। स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाले १४ दिन आइसोलेसनमा बसेका व्यक्तिलाई पोजिटिभ भएपनि घर पठाउन सकिने उल्लेख गरेको छ। त्यही निर्देशिकालाई टेकेर बेलझुण्डीले पछिल्लो रिपोर्ट पोजिटिभ देखिएका तीन जनालाई पनि घर पठाइदिएको थियो।बाँके नरैनापुरका यी तीनसहित पाँच जना २३ दिनदेखि बेलझुण्डीमा थिए। उनीहरुमा कुनै पनि लक्षण नदेखिएको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले जानकारी दिए। बाँकेमा भने १४ दिन बसिसकेका व्यक्तिलाई पनि पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation