अर्घाखाँचीमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमित ३६ पुग्याे, १जनाको मृत्यु

कोपिला आचार्य, अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३६ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्‍यु हुनेमा १ जना रहेको छ । केही दिन पहिले भुमिकास्थान नगरपालिकाका एक जना युबा भारतबाट फर्कने क्रम्म मृत्यु भएको थियो । सोमबार काेराेना पुष्टि हुने हरुमा सन्धिखर्क नगरपालिकाका २९ जना र सितगंगा नगरपालिकाका १ जना र पाणिनी गाउँपालिकाका १ जना रहेका छन ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमबार आएको पीसीआर परिक्षण रिपोर्टमा ३१ जनामा काेराना पाेजिटिभ देखिएको हो । उनीहरु सबै भारतबाट आएका थिए ।

यसअघि  ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र  गत ज्येष्ठ १२ गते सोमवार  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।

जिल्लाका ६ वटा स्थानीय तहहरुमा भारतबाट आएका ४ हजा भन्दा बढि अहिले नागरिकहरु क्वारेन्टाइनमा रहेका छन । क्यारेन्टाइनमा रहेका व्याक्तिहरुको आरडिटी परिक्षणमा पोजेटिभ आएकाहरुको पिसिआर संकलन गरिएको थियो । आरडिटि परिक्षणमा नेगेटिभ आएकाहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन । तर अहिले पोजेटिभ आएकाहरु संग सगै बसेर आरडिटी नेगेटिभ आएकाहरु त्रसित रहेका छन । संगै बसेको साथिलाई कोरोना पोजेटि रिपोर्ट आउँदा घर पुगेकाहरुले पिसिआर परिक्षण गर्नकोलागी सरकार संग माग गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation