रुकुम घटनाबारे छानविन गर्न संसदीय विशेष समित गठन

काठमाडौं- रुकुम घटनाका बारे छानविन गर्न संसदले संसदीय विषेश समिति गठन गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकले गठन गरेको उच्चस्तरीय समितिको नाम ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’ रहेको छ ।नेकपा सांसद देवेन्द्र पौडेल संयोजक रहेको ९ सदस्यीय उच्चस्तरीय समिति गठन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी संसदीय विषेश समिति गठन गरेको जानकारी गराएका हुन् ।समिति सदस्यहरुमा सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली रहेका छन् ।संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानविन गर्न उच्चस्तरिय संसदीय समिति गठन गर्न माग गर्दै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation