तौलिहवामा कोरोना परीक्षण ल्याव बनाउने निर्णय

तौलिहवा – कपिलवस्तुको तौलिहवामा कोरोना परिक्षण ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारको ५० लाख र कपिलवस्तुका सबै पालिकाको संयुक्त लगानीमा ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारले कपिलवस्तु र बाँकेमा ल्याव स्थापना गर्न ५०र५० लाख दिने भनेर केहिदिन पहिले निर्णय गरेको भएपनि कपिलवस्तुमा कहाँ राख्ने र अरु लगानीको मोडल कस्तो हुने टुंगो लाग्न सकेको थिएन ।
यसै बीच आज प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा वसेको डिएमसीसी बैठकले ल्याव स्थापना तौलिहवामा गर्ने निर्णय गरेको हो । कपिलवस्तु अस्पत्ताल विकास समिति तौलिहवा मातहतमा संचालन हुने गरि राख्ने स्थान र जनशक्तिको टुंगो लगाउने जिम्मा तौलिहवा अस्पत्तालका मेडिकल सुपरीटेण्डेट किशोर बन्जाडे सहितको चिकित्सक टीमलाई दिइएको छ ।
डा. बन्जाडे सहितको चिकित्सक टोलीले राख्ने स्थान टुंगो लगाएर १ हप्ता विचमा भौतिक संरचना स्थापनाको काम संचालन गर्ने निर्णय भएको वताइएको छ । यता प्रजिअ पौडेलले ५० लाख प्रदेश सरकारको र ६० लाख कपिलवस्तुका १० पालिकाको संयुक्त लगानीमा ल्याव स्थापना गर्ने सर्बसम्मत निर्णय भएको प्रेसपटीलाई जानकारी दिनु भयो ।
हरेक पालिकाले समान हैसियतका साथ ६र६ लाख रकम ल्याव स्थापना र संचालननका लागि अग्रिम रुपमा दिनेछन् । उक्त रकम खातामा जम्मा गर्ने समय पनि एक हप्ता नै तोकिएकोछ ।सबै पालिकाका प्रमुखहरुले एकमना एकताका साथ सर्ब सम्मत निर्णय गरिएकाले कपिलवस्तुका लागि सोमवारको निर्णय सुखद भएको प्रजिअ पौडेलको भनाइछ ।
यता तौलिहवाको कुन स्थानमा ल्याव स्थापना गर्ने भन्ने टुंगो लगाउने र आवश्यक सामान खरिद गर्ने सम्पूर्ण अख्तियारी समेत तौलिहवा अस्पत्ताललाई नै प्रदान गरिएको जानकारी दिनु भयोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation