काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक आह्वान गरिएको हो । आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ ।सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् ।उनीहरुले जर्बजस्ती पसल खोल्दै आएका छन् । प्रहरीले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेको भन्दै कडाई गर्दै आइरहेको छ ।