जसपामा अटाउन सकेन मधेशका दलित– आदिवासी जनजाति

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा दल दर्ताको निवेदन दिएको छ।आइतबार निर्वाचन कार्यालयमा ५ सदस्यीय पदाधिकारीसहित ५१ सदस्यीय केन्द्रीय समितिको नामावली पेस गरिएको छ।पाँच सदस्यीय पदाधिकारीमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहेका छन् भने अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन्।बाँकी ४६ जना केन्द्रीय सदस्यहरुमा २४ जना राजपा र २२ जना सपाबाट रहेका छन्।प्रदेश २ मा मताधार रहेको जसपाको केन्द्रीय समितिमा १९ जना गैरमधेशी रहेका छन् भने महिला जम्मा ७ जना महिला छन।पार्टीको केन्द्रीय समितिमा पहाडका आदिवासी जनजाति र दलित समेटिए पनि मधेशका आदिवासी जनजाति र दलित समेटिएको छैन। केन्द्रीय समितिमा रेशम चौधरीसहित तीन जना थारु परेका छन्।अबको ४५ दिनभित्र जसपा दर्ता भएको प्रमाण पत्र पाउने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation