३९ जना बोकेको टिप्पर कर्णाली नदीमा खस्यो ,थप विवरण आउन बाँकी

कालिकोट, २८ जेठ ।  कालिकोट जिल्लाको लालिघाट बजारमा आज बिहान ९: ३० मिनेटमा टिप्पर दुर्घटना भएको छ । उक्त टिप्परले रास्कोट नगरपालिका का नागरिक बोकेर रास्कोट जाँदै गरेको प्रहरीले जनाएको छ । ती ३९ जना भारत र रामेछाप जिल्लाबाट आयका र क्वारेन्टिनमा राख्नकालागी रास्कोट नगरपालिकाको पहलमा लगेको हो । अहिलेसम्म ३ जना को लास भेटियको र ३६ जना बेपत्ता भएको स्थानियबासीले जानकारी दिए । उदरका लागि कालिकोट जिल्लास्थित जिल्ला प्रहरी लगायत सम्पुर्ण निकाय दुर्घटनास्थल तर्फ गएको छ । टिप्पर कर्णाली नदिमा खसेको जनाईयको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकि रहेको छ । ३ जना कर्णाली नदिमा पौडीएर स्थानियको सम्र्पकमा आएको स्थानियबासीले बताए । साभार Abc Telivision

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation