थपिए नयाँ २७९ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४,३६४ पुग्यो

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । आज २७९ जना थपिएका छन् । मंगलबार ३२३ जना नयाँ संक्रमित थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । सोमबार पनि ३१४ जना नयाँ संक्रमित थपिएका थिए ।यस्तै उपचारपछि निको हुनेको संख्या ६७४ पुगेको छ । आज ९० जना निको भएका छन् । मंगलबार ९६ जना निको भएका थिए । मृत्यु भएकाको संख्या १५ रहेको छ ।सोमबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको थियो । हाल सम्म देशका ७२ जिल्लामा संक्रमित देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation