सरिता गिरी भन्छिन्, ‘म ब्याक हुन्न, नक्सासम्बन्धी संशोधन प्रस्ताव खारेज हुनुपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले ठोस प्रमाणविना दर्ता भएको संविधान संशोधन प्रस्ताव खारेज हुनुपर्ने बताएकी छिन् ।उनले सरकारले ल्याएको नक्सा सम्बन्धी प्रस्तावमा ठोस प्रमाण नभएकोले त्यो संशोधन प्रस्ताव खारेज हुनुपर्ने बताइन् । त्यसका लागि आफूले दर्ता गरेको संशोधन प्रस्तावबाट कुनै पनि हालतमा ब्याक नहुने उनको अडान छ ।आफू आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गिरीले भनिन्, ‘मैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु । मैले आफ्नो संशोधन तथ्यपरक रूपमा राखेकी छु,’ गिरीले भनिन्, ‘विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशोधन ल्याएको छ, प्रमाण बाहिरी देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपऱ्यो नत्र खारेज हुनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation