डब्लूएचओको चेतावनी: परिक्षण नबढाए नेपालमा संक्रमितको संख्या कल्पना भन्दा बाहिर

काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमितको संख्या कल्पना गरिए भन्दा निकै बाहिर जानसक्ने चेतावनी दिएका छन् ।यसै अवस्थामा संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै उनले लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए ।लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनको भनाई छ । नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation