सीसीएमसी पुर्नगठन,थपिए चार मन्त्री

काठमाडौं – सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो ।समितिमा परराष्ट्र,कृषि मन्त्री, पर्यटन मन्त्री र उर्जा मन्त्रीलाई थप गरी पुनर्गठन गर्न लागिएको हो। सो समितिमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख लगायत सदस्यहरु रहेका हुन्छन्।साथै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation