स्वाब हराए पछी, अन्तिम दाह सस्कार राेकियाे, खुल्ला चौरमा शव

सन्धिखर्क : मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको छ। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी-४ खनकै रातुका चौरमा राखिएको छ। शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन्। स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह सस्कारको काम पनि रोकिएको छ। मालारानी गाउँपालिका-४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा  रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए।
भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारकोलागि  मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो।लुम्विनी प्रादेसिक अस्पतालमा सामान्य उपचार पछि ज्वरो बसेको घरमा गएर आराम गराउन भनेर अस्पतालले भनेपछि  घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भयो। मृत्यु भएपछि उनको शव कसरि दाह सस्कार गर्ने भन्ने बारेमा स्थानीय अन्यौलमा छन्।स्वाब परिक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक ब्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृतकका आफन्त प्रकाश खनालले बताए।जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा नभेटिएपछि राति  मृतक ब्यक्तिको स्वाब निकालेर परिक्षणका लागि पठाइसकिएको छ। उक्त रिपोर्ट नआउदा सम्म शवको दाह सस्कार अन्यौलमा छ। 

साभार अन्नपुर्णपाेष्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation