सांसदको ठेक्कामा मनपरि नदि दोहन्

जीतपुर- कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा वाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन् । पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै नदिबाट नदिजन्य पदार्थ निकासी गरेका हुन् । स्थानिय टेक्टरको प्रयोग गरि नगरका केहि जनप्रतिनिधिहरुलाई सांसदको हैकम चलाउदै मिलेमत्तोमा सिफारिस बनाउदै मनपरि गरेको पाईएको हो ।
अहिले ठेक्का नै नलागेको संरक्षित ठाउँबाट मनपरि तरिकाले नदिजन्य पदार्थ निकासी भैरहेको छ । सड्क निर्माणमा ७०/३० को योजना रहेको र ३० प्रतिशत स्थानियको योगदान नदिको बेसमालबाट मिलाईदिने स्थानियलाई प्रलोभनमा पारि सांसद थारुले ठेक्काबाट बढी लाभ लिन यसरी खुलेयाम दोहन गरेका हुन् ।
वडा अध्यक्ष सुकदेव प्रसाद चौधरीले भने नगरपालिकाको सिफारिसको आधारमा खोलामा टेक्टर पठाईएको र सो बारेमा प्रहरी प्रशासनलाई जानकारी पनि भएको बताउनु भएको छ । तर
नगर प्रमुख मंगल प्रसाद थारुले डपिगं गरेर राखिएको नदीजन्य पद्धार्थ निकाल्नको लागि वडा कार्यालयबाट सिफारिस आएको सोही आधारमा आफुले सिफारिस बनाएर दिएको जानाकरी दिनु भयाे ।
यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पंन्थीले यसबारेमा आफुलाई जानकारी नभएको बताउनु भयो । यसरी प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी नदिई सिफारिस बनाएर एका एक संरक्षित क्षेत्रबाट नदीजन्य पद्धार्थ निकालिनु स्थानिय जनप्रतिनीधि र ठेकेद्धार बिच मिलो मतो हुन सक्ने स्थानीयहरुले आंशका गरेका छन् ।
सो विषयमा आफुलाई जानकारी हुन साथ प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले जानकारी दिनु भएको छ । नगरपालिकाले नै सिफारिस बनाएर नदीजन्य पद्धार्थ निकाल्न दिएकोले आफुहरुले रोक्न नमिल्ने प्रजिअ पौडेलले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation