बिश्वको सय उत्कृष्ट नगर बाणगंगाको कालो कर्तुत, रोकिएन नदि दोहोन, मिलो मतोमा दोहोन गरियो स्थानिय (भिडियाे सहित)

जितपुर-कपिलवस्तु जिल्लाकाे बाणंगगा नदीमा भएको नदि दोहोनले बाणगंगा नगरपालिकाले अन्य स्थानीय तहहरुलाई पनि नयाँ सिकाई सिकाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा बाटो निर्माणको उपभोक्ता समितिले ७०/३० को योजनामा उपभोक्ता समिति, उपभोक्ता समितबाट काम लिने ठेकेदार, स्थानीय जनप्रतिनिधीहरुको सेटिगंमा सोझै नदिबाट नदिजन्य पदार्थ निकासी गरेर नयाँ सिकाई सिकाएका हुन् ।
बाटो निमार्णका लागि उपभोक्ता समिति गठन गरिएता पनि उक्त सडक निमार्ण कार्य निमार्ण व्यवसायी समेत रहेका पुर्व सांसद विश्राम प्रसाद थारुले जिम्मा लिएको नाम नबताउने सर्तमा एक उपभोक्ता समितिका सदस्यले बताउनु भएको छ ।
स्थानिय टेक्टरको प्रयोग गरि २ वटा सड्क कालोपत्रेका लागि बेस माल गाउँलेले मिलाउन पर्ने भन्दै सोझै नदिबाट नदिजन्य पदार्थ निकासी गरिएको छ । उपभोक्ता समिति, नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगायतको मिलेमत्तोमा सिफारिस बनाएर नदीमा मनपरी गरेको पाईएको छ ।
यता नदी जन्य अनुगमन तथा व्यवस्थापन समितिका सदस्य एंव प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले नदी जन्य पदार्थको निकासीको लागि नगरपालिकाले सिफारिस पत्र बनाएको भनेर उम्कन खोजेको पाईएको छ । यसरी संरक्षित क्षेत्रबाट नदी जन्य पद्धार्थ निकालिने हो भने समितिको र स्थानीय प्रशासन काम के भन्ने प्रतीनै स्थानीयले प्रश्न उठाएका छन् । जस्ले उक्त कार्यमा स्थानीय प्रशासनको समेत मिलोमतो छैन ? भन्ने शंका समेत उब्जाएकाे छ ।
यसै गरि नगर प्रमुख मंगल प्रसाद थारुले वडाअध्यक्षले आफुलाई झुक्काएर डपिगं गरेर राखेको मिस्कट निकाल्नको लागि सिफारिस माग गरेको आधारमा आफुले सिफारिस दिएको बताउनु भएको थियो । तर आफुलाई जानकारी आउना साथ नदी जन्य पद्धार्थको निकासी रोक्न आदेश दिएको बताएकाे ३ घन्टा बित्दा पनि हाल सम्म पनि नदीमा टेक्टर जाने काम भने रोकिएको छैन् ।
यसरी बिश्वका सय उत्कृष्ट नगरपालिकामा आफुलाई दर्ज गरेको बाणगंगा नगरपालिकाले ७०/३० को नाममा मनपरी ढंगबाट नदी जन्य पद्धार्थ दोहन गरि कालो कर्तुतले अन्य स्थानीय तहरुलाई भने नयाँ सिकाई दिएको छ ।

चर्चा बाणग‌गा नदीमा नदी दाेहाेनकाे ।

चर्चा बाणग‌गा नदीमा नदी दाेहाेनकाे ।

Posted by Ujyaalo Post on Thursday, 11 June 2020

नदी दाेहाेन

Posted by Ujyaalo Post on Thursday, 11 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation