थप २५० जनामा संक्रमण पुष्टि, ४ हजार ६ सय धेरै संक्रमित

कपिलवस्तु- बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । 
यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा  ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation