सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्‍चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्‍ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।सरकारका प्रवक्ता खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताए । ‘आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेका हौं’, प्रवक्ता खतिवडाले भने । उनले आर्थिक वर्ष अन्त्यको समय भएकोले धेरै काम गर्नु पर्ने भएकोले सहज गराउन परेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation