यशोधरामा आईसोलेसनमा बसेकाहरुले खाना गुणस्तरहिन भएको भन्दै पालिकाले उपलब्ध खाना खान मानेनन्

मर्यादपुर– यशोधरा गाउँपालिकाको अनिरुद्ध पब्लिक मा.वि.को आईसुलेसनमा रहेकाहरुले पालिकाले उपलब्ध गराएको खाना गुणस्तरहिन भएको भन्दै खान खान नमानी आन्दोलन गरेका छन् । पालिकाले उपलब्ध गराएको खाना गुणस्तरहिन भएको भन्दै उनिहरुले खाना नखाई आन्दोलन गरेका हुन् । कोरोनाको संक्रमण भएर चिकित्सकको निगरानी उचित पोष्टिक खानाका उपलब्ध गराउनुको सट्टा पालिकाले पानी जस्तो दाल र निल्न नसकिने भात मात्र उपलब्ध गराएको अाराेप लगाउदै आईसोलेसनमा रहेका ३० जनाले आन्दोलन गरेका हुन् ।
गाउँपालिकाले आईसोलेसनमा बस्नेहरुलाई गुणस्तरिय खाना, पान, पोष्टिक आहारा र रोघ लड्ने प्रतिरक्षात्मक प्रणाली बढाउने खाने कुरा खुवाउनु सट्टा खानै नसकिने खाने कुरा पनि उपलब्ध गराएको भन्दै खाना नखाई आन्दोलनमा बसेका छन् ।
उक्त बिद्यालयमा रहेको आईसुलेसनमा बिगतमा ८० जना रहेकामा अन्य १४ दिन आईसोेलेसनमा बसेर घर फिर्ता गईसकेको अवस्था छ भने हाल ३० जना रहेका छन् । १४ दिन आईसुलेसनमा बसेर घर फिर्ता भएकाहरुले पनि आईसुलेसनमा कुनै पनि सेवा सुबिधा नभएका आरोप लगाएका छन् ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई पोष्टिक खाने कुरा, तातोपानी, कागती पानि, बेसार पानी, चवन प्ररास लगायतका शरिरलाई रोघसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनु पर्ने खाध्य पद्धार्थहरु सेवन गर्न चिकित्सकहरुले सुझाउने गर्दछन् । तर यसोधरा गाउँपालिकाको आईसोलेसनमा बसेकाहरुहरुलाई हाल सम्म पािलकाले एक गिलास तातो पानी खाने वेवस्था पनि नमिलाएको उनिहरुले आरोप लगाएका छन् ।
आईसुलेसनमा रहेकाहरुलाई गाउँपालिकाबाट खुनुवा रहेको एक स्थानिय होटलबाट बिहान र साँझ १५०÷१५० दरले खाना र बिहान रकम रु २० चिया निस्ता र दिनमा रु ५० को खाजा खुवाउने गरि पालिकाले सम्झौता गरेको प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकालले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation