सरकारविरुद्ध आन्दोलन गर्नेलाई नियन्त्रण गर्न ७७ जिल्लाका सीडीओलाई गृहको निर्देशन

काठमाडौँ- सरकारविरुद्ध देशभर आन्दोलन चर्किने देखिएपछि सबै जिल्लामा आन्दोलन नियन्त्रण गर्न गृह निर्देशन दिएको छ ।बिहिबार गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन् ।बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो । मंगलबार पनि प्रधानमन्त्री निवास घेराउ गर्न पुगेको स्वत:स्फूर्त भीडलाई खुर्सानीटार क्षेत्रमा पानीको फोहोरा हानेर तितरबितर पारिएको थियो ।गृहका सहप्रवक्ता अधिकारीले कानुन उल्लंघन गर्ने, जोखिम बढाउने र सामाजिक सञ्जालरमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिइएको बताए ।

साभार हिमाल पाेष्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation