अपडेटः बाणगंगा मनोमानी नदि दोहोन जारी

जितपुर कपिलवस्तुको बाणगंगा नदिमा आज शुक्रबार पनि नदी दोहोनको कार्य जारी रहेको छ । स्थानिय जनप्रतिनीधि, जिल्ला नदिजन्य पद्धार्थ अनुगमन व्यवस्थापन समिति र स्थानिय प्रशासनको मिलोमतो हिज देखी मनोमानी ढगंले सुरु भएको नदी जन्य पद्धार्थको दोहोन कार्य आज पनि जारी रहेको हो ।
बागंगगा नगरपालिका वार्ड नं ६ को भग्लापुरमा ७० प्रतिशन स्थानिय सरकार ३० प्रतिशत जनश्रमदान निमार्ण हुन थालेका २ वटा सडक निमार्ण गर्नका लागि संरक्षित क्षेत्रबाट हिज देखी स्थानीय टेक्टरहरुको प्रयोग गरि नदी दोहोनको कार्य सुरु गरिएको थियो । बाणगंगा नगरपालिकाको सिफारिसको आधरमा हिज देखी सुरु भएको दोहोन कार्य आज पनि जारी रहेको छ । उज्यालो पोष्टले समाचार प्रकाशन गरे पछि पालिकाले सिफारिस फिर्ता लिएको नगरप्रमुख मगंल प्रसाद थारु जानकारी दिनु भएको छ । आफुले पत्र फिर्ता लिएर हिज नै जिल्ला समन्वय समितिलाई जानकराी गराई प्रशासनको सहयोग लागि माग गरेको बताउनु भएको छ ।
यता प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले भने पालिकाले पत्र फिर्ता लिएको भए अव प्रहरी पठाएर दोहोनको कार्य रोक्ने जानकारी दिनु भएको छ । जिल्ला समन्वय समिति र नगरपालिकाले सो बारेमा आफुलाई केही पनि जानकारी नगराएको प्रजिअ पौडेलले बताउनु भयो । ईलाका प्रहरी कार्यालय कोपवा १० मिनेटको दुरीमा रहेता प्रहरी मुर्ख दर्शक बन्नुलाई स्थानियहरुले स्थानिय प्रशासनको समेतको मिलोमतो भएको आशंका गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation