कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाकाे घाेषणा

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घो’षणा गरेकाे छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा ख’टिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गए २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको हो। यसैगरि आफ्नो पालिकाका स्थानिय बासीन्दाको कोरोना भाइरसको कारण ज्यान गएमा निजको परिवारलाई राहतस्वरुप ५ लाख रुपैँया उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।बढैयाताल गाउँपालिकाले आफनो पालिकामा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रो’कथामका लागि निरन्तर अ’ग्रपंक्तिमा रहि ख’टिएका पालिकाका ज’नप्रतिनिधी, पालिकाले ख’टाएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा पालिकाबाट ख’टाइएका अन्य व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण नि’धन भएमा राहत स्वरुप २० लाख रुपैँया प्रदान गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। यसका साथै कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च पनि पालिकाले ब्य’र्होने बताइएको छ।वि’पद्को समयमा अ’ग्रपक्तिमा रातदिन खटिने व्यक्तिहरुको म’नोवल उच्च बनाउन राहतको घो’षण गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । बर्दियाको बढैयातालमा सङ्क्रमण फै’लियको समयदेखि नै कर्मचारी, ज’नप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, स्थानिय युवालगायतले अ’ग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्।

साभार ,इसिधाकुरा डट कम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation