कोरोनाकै कारण आईसीयुमा राखि उपचार भईरहेका युवाले जिते कोरोना

बुटवल- कोरोना भाइरस (कोभिड) १९ को संक्रमणले स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगे पछि आईसीयू कक्षमा राखी उपचार गराई रहेका एक युवाले कोराना जितेका छन ।
मधुमेह रोगबाट समेत पीडित कपिलवस्तु नगरपालिका वार्ड १२ का २२ बर्षे ति युवकलाइ कोरोना संक्रमण पश्चात स्वास्थ्य अवस्था जटिल भएको पछि जिल्ला अस्पताल कपिलवस्तुले उनलाई बुटवल रिफर गरेको थियो । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका उन्ले आज १६ दिनपछि काेराेना जितेर डिस्चार्ज भएका छन्
जटिल अवस्थामा उपचाररत बिरामी मध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गर्नु भएको छ । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेह समेत स्थिर भएकाले आज डिस्चार्ज गरिएको उहाँले जानकारी दिनु भयो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको थियो । अवस्था सामान्य भए पछी स्वाव लिइ पुनः क्वरेन्टाईन पठाईएको थियो । तर उनि घर गएका थिए ।
जेठ १२ गते रिर्पोट आउदा कोरोना पुष्टि भएको थियो । त्यस पछि छुट्टै बसेका उनकाे स्वास्थ्य अवस्था जटिल भए बुटवल रिफर गरिएको थियो । जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याएर २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा सारिएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation