१० अर्बको हिसाब माग्नेलाई सरकारको जवाफ – ‘फाँटबारी’ छिटै सार्वजनिक हुन्छ !

सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि खर्च गरेको रकमको फाँटबारी छिटै सार्वजनिक हुने बताएको छ ।शुक्रवार साँझ अबेरसम्म बसेको कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हिसाबकिताब माग गर्दै भएका प्रदर्शनहरूमा सरकारको ध्यानाकर्षण भएको बताएको हो ।

‘कोरोनाको रोकथाम नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको छ,’ बैठक सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने, ‘प्रदेश र स्थानीय तहहरूले पनि आफ्ना कोषहरूबाट यसका लागि खर्च गरेका छन् । सरकारबाट यसको समग्र फाँटबारी छिटै सार्वजनिक हुने नै छ ।’परराष्ट्रमन्त्री ज्ञवालीले लिखित निर्णय पढ्दै आफ्ना मागहरू राखी शान्तिपूर्ण रूपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति संवेदनशील र गम्भीर हुन आग्रह गए ।लक-डाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको अवस्थामा सामाजिक दूरी कायम राख्नु र संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायीत्व हो,’ ज्ञवालीले भने, ‘पीसीआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरूको भन्दा अधिक भएपनि सरकारले पीसीआर टेस्टको दायरा बढाउने निर्णय गरिसकेको छ ।’उनले विदेशबाट आउनेहरूको संख्या धेरै भएकाले क्वारेन्टाइनमा केही समस्या देखिएको छ तर त्यो पनि छिटै व्यवस्थापन गरिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation