धैर्य नगुमाऔं, परिवारका सदस्यकै शव हेर्न नपाउने दिन आयो भने ?

कोरोना महामारीका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको, लकडाउन मात्रै बढाएको र आर्थिक अनियमितता गरेको आरोपमा अहिले देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।  यही बेला देशमा कोरोना संक्रमणको गति तीब्ररुपमा बढिरहेको छ । कोरोना संक्रमणबाट बच्न उच्च शतर्कता अपनाउनु पर्ने बेला भीड जम्मा भएर दिनहुँजसो हुने प्रदर्शनले स्थिति कस्तो भयावह होला यसको आँकलन गर्न कठिन छ । रोगबाट जोगिन पनि यसबेला व्यक्ति आफैं सचेत हुनुपर्ने चिकित्सकहरूको भनाइ छ । यस्तो जटिल समयमा भीड भएर प्रदर्शनमा उत्रनु समाजमा रोग फैलाउन मद्दत पुर्‍याउने कार्य भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावल बताउनुहुन्छ। समाजमा कोरोना महामारी फैलाएर जोखिममा धकेल्ने काम  कसैले गर्छ भने त्यो अपराध हुने उहाँको ठहर छ ।  ‘असन्तुष्टि, असहमतिका विषय एकातर्फ छन्, समाज र राष्ट्रलाई महामारीबाट जोगाउने जिम्मा सबै नागरिकको हो’ रावल भन्नुहुन्छ–‘कोरोना महामारी फैलिँदा त्यसको क्षति हामीले नै भोग्ने हो।’ यस्तो बेला संयम गुमाए स्थिति भयावह हुने चेतावनी उहाँले दिनुभयो । आफूहरू कोरोना नियन्त्रणकै लागि दिनरात नभनी खटिरहेको भन्दै उहाँले प्रदर्शनमा उत्रनेलाई साँच्चै कोरोना नियन्त्रणको चिन्ता भए सहयोगका लागि कर्णाली आउन डा. रावलले आग्रह गर्नुभयो । ‘कर्णालीमा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन व्यवस्थापन लगायतका काममा जनशक्ति अभाव छ¬’ उहाँले भन्नुभयो–‘सडकमा प्रदर्शन गरेर कोरोना फैलाउनु भन्दा यहाँ आउनुहोस्, महामारी नियन्त्रण गरेपछि अन्य कुरा सोचौँला ।’ पहिला महामारी रोकथामतर्फ लागौं यसरी हिड्दा महामारी रोकिन्छ कि फैलन्छ उहाँले प्रश्न गर्नुभएको छ । उहाँ भन्नुहुन्छ यो उर्जावान जनशक्तिलाई सही ठाउँमा सदुपयोग गरौ । रावल भन्नुहुन्छ :

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर पाण्डेले पनि अहिले सडकमा भीड गरी प्रदर्शन गर्दै असन्तुष्टि पोख्ने उपयुक्त समय नभएको तर्फ सचेत गराउनु भएको छ ।
यस किसिमका प्रदर्शनबाट कोरोना संक्रमण फैलिएका विभिन्न देशका उदाहरण दिँदै उहाँले असन्तुष्टि जनाउनुभएको छ ।  जनस्वाथ्यमाथिको जटिलतालाई ध्यान दिएर अहिले यस्ता कार्य बन्द गर्नु पर्ने उहाँको सुझाव छ। ©Healthpati

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation