काठमाडौं – साझा पार्टीले पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै सरकारले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा ध्यानाकर्षण भएको जनाएको छ।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फांटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टीले शंकाको सुविधासहित स्वागत गरेको जानकारी दिएको छ ।साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत नागरिक प्रदर्शनमा उठेका जायज मागहरू पुरा गर्ने प्रतिबद्धता तत्काल जनाउँदै संक्रमण फैलने जोखिमका कारण प्रदर्शन स्थगनको अपील गर्न सरकारसंग आह्वान गरेको थियो।सरकारले आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसको नतिजा गम्भीर हुनसक्नेमा पनि साझा पार्टीले सरकारलाई चेतावनी दिएको छ ।साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दैै सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो संक्रमणको पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न आम नागरिकलाई अपील गरिएको छ ।त्यस्तै साझा पार्टीले सम्पूर्ण नेपालीहरूलाई नयां नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न समेत आह्वान गरेको छ ।